महालक्ष्मी विकास बैंंकको ६.४० प्रतिशत लाभांश पारित

२०८० पुष २९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाबाट आ.व. २०७९/०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित भएको छ ।

बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात, आ.व.२०७९/८० को नाफा नोक्सानको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू छलफल गरी स्वीकृत भएका छन् ।

यसैगरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७९/०८० सम्मको मुनाफा रकमबाट सेयरधनीलाई हाल कायम रहेको चुक्ता पुँजीको ६.४० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

साधारण सभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार/लगानी कर्ताको रूपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ । सभाले आ.व. २०८०/०८१ मा बैंकको लेखापरीक्षण गर्न जे.बि. राजभण्डारी एण्ड डिविण्स चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ ।

साथै सभाले बैंकको प्रबन्धपत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय