काठमाडौं– नेपाल लाइफ इन्स्योन्सले सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले करसहित २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि सेयरधनीले पाउनेछन् । गत वर्ष कम्पनीले १५.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।











