रिटेल पेमेन्ट स्वीचबाट ५७ खर्बको कारोबार

२०८१ श्रावण ४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं– आर्थिक वर्ष २०८०/०८१ मा राष्ट्रिय भुक्तानी स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीचमार्फत ५७ खर्ब रुपैयाँ कारोबार भएको छ । पछिल्लो आ.व.को तुलनामा यस आ.व.मा कारोबार संख्या र रकमका आधारमा रिटेल पेमेन्ट स्वीचको कारोबारमा क्रमशः ४९ र ३८ प्रतिशतले वृद्धि भएको हो ।

हाल सबै कारोबार विद्युतीय माध्यमबाट हुने र कारोबार रियल टाइममै हुने भएकाले सबै जसो कारोबार आरपीएसमार्फत सिधै अथवा राउटिङ र राफसाफको लागि प्रयोग हुने क्रम वृद्धि हुँदै गएको छ । यस अन्तर्गत बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ, भुक्तानी सेवाप्रदायकका वालेट, क्यापिटल मार्केट, इन्सुरेन्स, रेमिटेन्स, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, ठूला कर्पोरेट तथा नेपाल सरकारसमेतका अधिकांश कारोबार प्रोसेस तथा क्लियरिङबाट हुने व्यवस्था रहेको छ ।

उक्त निकायलाई आरपीएसमा नेशनल पेमेन्ट इन्टरफेसमार्फत इन्टिग्रेट गरिएको छ । फण्ड ट्रान्स्फर, कुनै पनि प्रकारको बिल पेमेन्ट, क्यूआर भुक्तानी, नेपाल सरकारको विभिन्न कारोबार जुनसुकै च्यानलबाट गरिए पनि अन्तिममा आरपीएसबाट प्रोसेस हुने गरेको छ । एनसीएचएलका सञ्चालनमा रहेका च्यानल प्ल्याट्फर्म जस्तै बैंक तथा वित्तीय संस्थाका व्यक्तिगत ग्राहकले प्रयोग गर्ने कनेक्ट आइपीएस, संस्थागत ग्राहकले प्रयोग गर्ने कर्पोरेट पे अथवा बैंकको शाखाबाट बैंक सेन्ट्रल मोड्युलबाट गरिने रियल टाइम कारोबारसमेत आरपीएसबाटै प्रोसेसिङ हुने गरेको छ ।

नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीचलागू गर्न एनसीएचएललाई स्वीकृती दिएसँगै उक्त परियोजनाको पहिलो पूर्वाधारको रूपमा एनसीएचएलले रिटेल पेमेन्ट स्वीच नेपालमा निर्माण गरी २०७८/०७९ देखि सञ्चलान गर्दै आएको छ । रिटेल भुक्तानीका विभिन्न उपकरणहरु जस्तै बैंक–बैंक, बैंक–वालेट, वालेट–वालेट बीच ट्रान्स्फर, सरकारी कारोबार, सेवाबापतको भुक्तानी, मोबाइल नम्बरको आधारमा ट्रान्स्फर, क्यूआर भुक्तानी, क्यूआर नेटवर्कबीच अन्तरआबद्धता, ई–कमर्शको लागि पेमेन्ट गेटवेलगायतका भुक्तानी उपकरण आरपीएसमा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय