नेप्से परिसूचक ६१ अंकले बढ्यो

२०८१ श्रावण ६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ — यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले बढ्दा कारोबार रकम १५ अर्ब नाँघेको छ । आज नेप्से परिसूचक ६१ दशमलव ६१ अङ्क अर्थात् दुई दशमलव ५४ प्रतिशतले बढेर दुई हजार चार सय ८५ दशमलव ९४ को विन्दुमा कायम भएको हो ।

आइतबार नेप्से परिसूचक ६१ दशमलव ६१ अंक अर्थात् दुई दशमलव ५४ प्रतिशतले बढेर दुई हजार चार सय ८५ दशमलव ९४ को विन्दुमा कायम भएको हो । आइतबार तीन सय १५ कम्पनीको चार करोड ११ लाख ९५ हजार पाँच सय ३४ कित्ता शेयर एक लाख ७७ हजार चार सय ६७ पटक खरिदबिक्री हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार दुई सय ९० बराबरको कारोबार भएको छ ।

आजै प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अब सेयर बजारले विस्तारै आफ्नो लय लिने विश्वास व्यक्त गरेका थिए। कांग्रेस- एमालेको नयाँ सरकार गठन भएसँगै लगानीकर्ताहरू उत्साहित भएका छन्। आज ३१५ स्क्रिप्सको ४ करोड ११ लाख ९५ हजार पाँच सय ३४ कित्ता शेयर १ लाख ७७ हजार चार सय ६७ पटक खरिदबिक्रीमा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २९० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तौ आज युनाईटेड मोदी हाईड्रोपावर लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सिक्लेस हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको ३४ करोड १० लाख ९६ हजार तीन सय सात बराबरको कारोबार भएको छ भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको १४ लाख ९० हजार ५५० कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय