सुनको भाउ आज तोलामा दुई हजार रुपैयाँले घट्यो

२०८१ श्रावण ४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली बजारमा (आज) शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार रूपैयाँले घटेको छ ।

हिजो सुन तोलाको एक लाख ४९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको  थियो । अस्ति बुधवार सुनले अहिलेसम्मकै उच्च रेकर्ड तोलामा एक लाख ४९ हजार आठ सय रुपैयाँ बनाएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज ३० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय