काठमाडौं– लक्ष्मी सन्राइज बैंकले काठमाडौंको कागेश्वरी मनोहरामा आफ्नो शाखा स्थानान्तरणमार्फत् सेवा विस्तार गरेको छ ।
बौद्धमा रहेका २ शाखामध्ये गोकर्णेश्वर नगरपालिका–६ स्थित शाखा कागेश्वरी मनोहरा नगरपालिका–५ को थलीमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको बौद्ध शाखाका ग्राहकले सोही ठाउँमा रहेको बौद्ध पिपलबोटको शाखामार्फत् सेवा लिन सक्नेछन् ।



स्थानान्तरण भएसँगै बैंकले सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने प्रतिवद्धता जनाएको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीलाई सबै प्रकारका रिटेल बैंकिङ सेवा प्रदान गर्नेछ ।








