यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

२०८० माघ ५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० दशमलव ८०१३ प्रतिशत लाभांश दिने भएको हो ।
कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले १० दशमलव २६१२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य ५४०१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृतिमा पाएपछि र  कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय