सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।मङ्सिर २५ गते सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । कम्पनीले आव २०७९/८० को अन्तसम्म कायम रहेको वितरणयोग्य मूनाफा नबाँडी सञ्चित गर्ने जनाएको छ । सोही निर्णय अब नेपाल राष्ट्र बैंकको लघुवित्त सुपरीवेक्षण विभाग समक्ष पेश गरि साधारणसभामा स्वीकृतिका लैजानेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन । कम्पनीले आव २०७८/७९ मा १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।











