लाभाश घोषणा गर्दै सोल्टी होटेलले बोलायो नेपाल प्रज्ञा भवनमा साधारणसभा

२०८० मंसिर ४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सोल्टी होटेलले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।
सोल्टीका अनुसार गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले ५ प्रतिशत बोनस सेयर र २६.५७८९४७३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) गरि कुल ३१.५७८९४७३७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

कम्पनीले पुस २६ गते साधारणसभा आह्वान पनि गरेको छ । सभा बिहान १०.३० बजे स्थान नेपाल प्रज्ञा भवन प्रेक्षालय कमलादी, काठमाण्डौमा हुनेछ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस ५ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीको चुक्तापूँजी ८८ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय