सनराइज क्यापिटलको साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

२०८० आश्विन १०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सनराइज क्यापिटल लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बुधवार आफ्नो कार्यालय, कमलपोखरी, काठमाडौंमा सम्पन्न भएको हो । सभाले लाभांश र मर्जर प्रस्ताव पारित पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट ३० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा  प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।
सभाले लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गरेको छ ।

सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०÷८१ को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै सभाले सनराइज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड एक आपसमा गाभ्ने गाभिने गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय