सौरभ ग्रुपको लगानी रहेको जगदम्बा स्पीनिङ मिल्सले आर्थिक वर्ष (आव) सन् २०२३ को ९ महिनाको अवधीमा नै २ अर्ब ७८ रूपैयाँ सञ्चालन नाफा गरेको छ ।
रेटिङ् कम्पनी इक्रा नेपालका अनुसार कम्पनीले आव सन् २०२२ मा भने २ अर्ब ३२ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो । कम्पनीले उत्पादन गर्ने सिंथेटिक धागो ठूलो संख्यामा भारत र टर्कीमा निर्यातहुँदै आएको छ । कम्पनीले निर्यातको मूल्यमा ३ देखि ८ प्रतिशतसम्म छुट पाइरहेको छ ।



कम्पनीले ३ अर्ब रुपैयाँ कर्जाको लागि रेटिङ गराएको छ । इक्रा नेपालले कम्पनीको १ अर्ब १६ करोड रुपैयाँको दीर्घाकालीन कर्जाको लागि एल डबल बी र १ अर्ब ९१ करोड रुपैयाँको अल्पकालीन कर्जाको लागि ए फोर रेटिङ दिएको छ ।
सन् २००५ मा स्थापित यस कम्पनीले पलिएस्टर धागो, पलिएस्टर भिस्कोज मिश्रित धागो र एक्रिलिक धागो लगायतका फाइबरमा आधारित धागोका उत्पादनहरू । कम्पनीको उद्योग रुपनदेहीमा रहेको छ ।
कम्पनीमा दुर्गाप्रसाद न्यौपानेको ४० प्रतिशत, विष्णुप्रसाद न्यौपानेको २२ प्रतिशत र वैभव न्यौपानेको १६ प्रतिशत शेयर हिस्सा रहेको छ । कम्पनीको अध्यक्षमा विष्णुप्रसाद न्यौपाने रहेका छन् ।








