मकर जितुमाया सुरी हाइड्रोपावरको नाफामा उल्लेख्य वृद्धि

२०८० कार्तिक २२, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मकर जिकतुमाया सुरी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा उल्लेख्य वृद्धि भएको छ ।

गत आवमा कम्पनीले रू. १० लाख ५८ हजार नाफा कमाएकोमा चालू आवमा बढेर रू. २ करोड ३७ लाख पुगेको छ । चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानी र सँगै अन्य आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । विद्युत विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा ६० प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले विद्युत विक्री बापत रू. ४ करोड २३ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ६ करोड ७७ लाख पुगेको छ ।

कम्पनीको चुक्ता पूँजी रू. ७६ करोड रहेको छ । जगेडा कोष भने रू. २ करोड भन्दा बढी ऋणात्मक रहेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ १२ पैसा , मूल्य आम्दानी अनुपात ७६ दशमलव ३९ गुणा र प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ २३ पैसा रहेको छ ।

रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय