हिमालयन बैंकले एफपीओ निष्काशन गर्ने, नियुक्त गर्यो बिक्री प्रबन्धक

२०८१ असार ४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । हिमालयन बैंकले थप सार्वजनिक निष्कासन(एफपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले मंगलबार एक समारोहका बीच सिटिजन्स क्यापिटललाई थप सार्वजनिक निष्कासनको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
उक्त सम्झौतामा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबरा तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्  ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटलले हिमालयन बैंकको एफपीओ निष्कासनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।
हिमालयन बैंकको ३१ औं वार्षिक साधारण सभाले प्रिमियम मूल्यमा थप सार्वजनिक निष्कासन एफपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

सिभिल बैंकलाई गाभेर एकीकृत कारोबार थालेको बैंकले आफ्नो कुल शेयर पुँजीमा आवश्यक सर्वसाधारण शेयरधनी शेयर अनुपात कायम गर्नका लागि एफपिओ निष्कासन गर्ने भएको हो । एफपिओको संख्या तथा प्रिमियम रकम भने खुलाइएको छैन । आवश्यक प्रक्रिया पुरा गरेर बैंकले सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै एफपीओ निष्कासन गर्नेछ ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटलले हिमालयन बैंकको एफपीओ निष्कासनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय