पुवा खेला — वान हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने,विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

२०८० माघ ११, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । पुवा खेला  — वान  हाइड्रोपावर लिमिटेडले  आइपीओ निष्कासन प्रयोजनका लागि लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यी दुई कम्पनीबीच भएको सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक कदम केसी तथा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले सर्वसाधारणका लागि प्रति शेयर १०० रुपैयाँ अंकित दरका १९ लाख ४६ हजार ६६० कित्ता साधारण शेयर निष्कासन गर्ने जनाएको छ । पुवाखोला–वान हाइड्रोपावर लिमिटेडको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालनमा छ ।

कम्पनीले अव आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय