हिमालयन रिइन्स्योरेन्सको आईपीओ बुधवार बाँडफाँट हुदैं

२०८० पुष १०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको आईपीओ पुस ११ गते बाँडफाँट गर्ने भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलले विहान १० बजे ताज रिसेप्सन, बालुवाटार, काठमाडौंमा आईपीओ बाँडफाँटको कार्यक्रम तय गरेको हो ।

कम्पनीले सर्वसाधारणमा आफ्नो जारी पूँजी १० अर्ब रूपैयाँको ३० प्रतिशतका दरले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले प्रतिशेयर एक सय रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत् १०६ रूपैयाँ थप गरी प्रतिकित्ता २०६ रूपैयाँमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न अनुमति पाएको हो ।

कुल कित्ता आईपीओ मध्ये १० प्रतिशत दरको ३० लाख कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ६ लाख कित्ता कम्पनीका कर्मचारीहरूमा १५ लाख कित्ता सामूहिक लगानीकोषहरूमा बाँडफाँट गरिसकेको कम्पनीले बाँकी २ करोड ४९ लाख कित्ता भने सर्वसाधारणमा मङ्सिर २७ गतेदेखि पुस २ गतेसम्म सार्वजनिक निष्कासन गरेको थियो ।

कम्पनीको आईपीओ सबै आवेदकले पाउनेछन् । कम्पनीको आईपीओ खरीदका लागि साढे १६ लाख ६० हजारभन्दा बढीले आवेदन दिएको जानकारी सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको छ । अधिकृत पूँजी २१ अर्ब रूपैयाँ रहेको कम्पनीको जारी पूँजी १० अर्ब रूपैयाँ रहेको छ । हाल संस्थापक तर्फबाट चुक्ताभएको पूँजी ७ अर्ब रूपैयाँ रहेको कम्पनीले सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि चुक्तापूँजी १० अर्ब रूपैयाँ कायम गर्नेछ । हाल संस्थापक तर्फ ७० प्रतिशत शेयर स्वामित्व कायम रहेको कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत शेयर विक्री गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय