मुक्तिनाथ कृषि कम्पनीको पहिलो चरणको आईपीओ निष्काशन खुला

२०८० कार्तिक १०, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आज (कात्तिक १० गते) देखि पहिलो चरणको आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो |

नेपाल धितोपत्र बोर्डबाट यस कम्पनीले आफ्नो जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले  १४ करोड रुपैयाँ बराबरको सर्वसाधारणलाई सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जस मध्य कम्पनीले पहिलो चरणको सोको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय