आइपिओ कै मूल्य नजिक घोराही सिमेन्टको दोस्रो बजारको सेयर भाउ

२०८० आश्विन २२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

केही समय अघि प्रिमियममा आइपिओ जारी गरेको घोराही सिमेन्टको दोस्रो बजारको सेयर मूल्य आइपिओ कै हाराहारीमा आइपुगेको छ ।
कम्पनीको सेयर दोस्रो बजारमा सोमबार ४ सय ४० रुपैयाँँ ५० पैसासम्म झरेको थियो । अन्त्यमा भने सम्हालिदै उक्त कम्पनीको सेयर मूल्य ४ सय ४५ रुपैयाँमा बन्द भएको छ । कम्पनीले गत जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि अङ्कित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर ४३५ रुपैयाँका दरले आइपीओ बिक्री गरेको थियो ।

आइपिओ परेका लगानीकर्ताहरुलाई अन्तिम कारोबार मूल्य अर्थात ४ सय ४५ रुपैयाँमा १० कित्ता सेयर बेच्दा विभिन्न कमिसन र फी तिरेर ५२ रुपैयाँ नाफा हुने देखिन्छ  ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय