हिमस्टार उर्जा कम्पनीले आईपीओ निष्कासन गर्ने

२०८० आश्विन १०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हिमस्टार उर्जा कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव गर्दै कात्तिक ४ गते साधारण सभा बोलाएको छ ।

असोज ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसाधारणमा आईपीओ निष्कासनको प्रस्ताव सभामार्फत पारित गर्ने निर्णय गरेको हो ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय का.म.न.पा वडा नं ७ मा उक्त दिन बिहान ११ बजे शुरु हुनेछ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालू आव २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारितका लागि पेस गरिनेछ । त्यस्तै संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूको चयनसमेत सभाले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय