सर्वसाधारणलाई लगानीको अवसर:माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ असोज १८ देखि

२०८० आश्विन ९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले सर्वसाधारणलाइ आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट पश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। यस हाइड्रो पावरले असोज १८ गतेदेखि आईपीओ खोल्ने मिति तोकेको छ।

कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएको थियो। जस मध्य  १० प्रतिशतले हुन आउने १ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५० हजार कित्ता साधारण सेयर  विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ भने  ७५ हजार कित्ता  सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ।आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरी बाँकी रहेको ९ हजार २०० कित्ता सहित कुल १२ लाख ८४ हजार २०० कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय