३ सय रुपैयाँको चिउरा किन्दा राम श्रेष्ठले जिते १० लाख पुरस्कार

२०८३ मंसिर १, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’अन्तर्गत भक्तपुरका एक उपभोक्ताले मात्र ३ सय रुपैयाँको चिउरा खरिद गर्दा १० लाख रुपैयाँ नगद उपहार जितेका छन्। सूर्यविनायक निवासी राम श्रेष्ठले यसपटकको बम्पर उपहार प्राप्त गर्न सफल भएका हुन्। श्रेष्ठले गत कार्तिक १६ देखि ३० गतेसम्मको कारोबार अवधिमा स्थानीय पसलबाट ३०० रुपैयाँ मूल्यबराबरको चिउरा खरिद गरी विद्युतीय माध्यमबाट जारी भएको आधिकारिक बिल लिएका थिए। सोही कारोबारको बिल प्रणालीमा प्रविष्ट भई गोलाप्रथा (लक्की ड्र) मार्फत छनोट हुँदा उनी १० लाख रुपैयाँ राशिको आकर्षक पुरस्कार जित्न सफल भएका हुन्।

उपभोक्तामाझ बिल लिने संस्कृतिको विकास गर्न तथा व्यवसायीहरूलाई पारदर्शी कारोबारमा आबद्ध गराउने उद्देश्यले विभागले यस्तो प्रोत्साहनमूलक योजना सञ्चालन गर्दै आएको छ। विद्युतीय प्रणालीबाट जारी हुने बीजकलाई केन्द्रीय प्रणालीमा जोडेर उपभोक्तालाई लक्की ड्रमार्फत पुरस्कृत गर्ने यस नीतिले राजस्व संकलनमा सुधार ल्याउनुका साथै राज्यको वित्तीय पूँजी निर्माणमा समेत सकारात्मक योगदान पुर्‍याउने बिश्वास सरकारले लिएकाे छ ।

बजारमा हुने साना–ठूला कारोबारलाई औपचारिक दायरामा ल्याउँदा राजस्व चुहावट नियन्त्रण हुने र सचेत नागरिकको जिम्मेवारी शेयर गर्न मद्दत पुग्ने विभागको ठहर छ। विभागले आम उपभोक्तालाई जुनसुकै किनमेल गर्दा पनि अनिवार्य रूपमा आधिकारिक भ्याट वा प्यान बिल माग्न पुनः आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय