सनलाइफ क्यापिटलको वित्तीय सप्ताह

२०८० चैत्र ९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी सनलाइफ क्यापिटलले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

चैत ७ र ८ गते चण्डी आदर्श सरल माध्यमिक विद्यालय, चाकुपाट र मल्पि इन्टरनेसनल कलेजमा वित्तिय साक्षरता कार्यक्रम गरेको हो । २०८० चैत्र ७ गते चण्डी माविमा आयोजना गरिएको कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीलाई वित्तिय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराउनुको साथै लगानी गर्दा ध्यानदिनुपर्ने कुराहरु, इन्टरनेटलगायत अन्य सामाजिक संजालको प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कताबारे विस्तृत जानकारी गराइएको थियो ।

त्यसैगरी बिहीबार मल्पि इन्टरनेस्नल कलेजमा विविए आठौं सेमेष्टरका विद्यार्थीलाई बिमा क्षेत्र सम्बन्धी साक्षरता अभिवृद्धि गर्ने साक्षरता कार्यक्रम र वित्तीय बजार केन्दित हाजिरी जवाफ प्रतियोगितामा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । सनलाइफले धितोपत्रबोर्डबाट स्विकृतप्राप्त मर्चेन्ट बैंकर हो । जसले मर्चेन्ट बैंकिग व्यवशायअन्र्तगत लगानी व्यवस्थापन र धितोपत्र प्रत्याभूति सेवा प्रदान गर्दै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय