एनएलजी इन्स्योरेन्सले चुक्ता पुँजी बढाउन ६६% हकप्रद ल्याउने‚ धितोपत्र बोर्ड पुग्यो प्रक्रिया

२०८० कार्तिक १२, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एनएलजी इन्स्योरेन्सले चुक्ता पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्ने भएको छ। ६६ प्रतिशत हकप्रद ल्याउन कम्पनी नेपाल धितोपत्र बोर्डको स्वीकृतिको पर्खाइमा छ।

कम्पनीले कात्तिक २ गते बोर्डमा आवेदन पेस गरेको थियो। निर्जीवन बीमा कम्पनीले कायम चुक्ता पुँजीको ६६ प्रतिशत हकप्रद जारी गर्न लागेको हो।

९६.३१ करोड रुपैयाँ बराबरको हकप्रद बिक्री गर्ने तयारी छ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४५ करोड रुपैयाँ छ। जुन हकप्रद बिक्रीपछि २ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय