रिलायबल नेपाल लाइफले ब्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याजद छुट दिने

२०८० भाद्र १५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा यस्तो योजना सार्वजनिक गरेको हो । कम्पनीले भदौ १५ गतेदेखि भदौ ३१ गतेसम्म विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने जानकारी दिएको छ ।

उक्त शुल्कहरु अनलाईन कनेक्ट आइएपीएस, इसेवा, आइएमई पे र खल्तीबाट भुक्तानी गर्न सकिने जनाएको छ । यस्तो छुट सुविधा बीमा अवधिभरी एक पटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय