गत वर्ष नेष्डो समृद्ध लघुवित्तले कमायो रू.१४ करोड ६७ लाख भन्दा बढी नाफा, अन्य सूचक कस्ता ?

२०८० श्रावण २९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. १४ करोड ६७ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा २८ दशमलव ८१ प्रतिशत घटेको हो । सो अवधिमा कम्पनीले रू. २० करोड ६१ लाख नाफा कमाएको थियो । गत आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी घटेकाले नाफा घटेको हो ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ८० रुपैयाा ८३ पैसा रहेकोमा गत आवमा घटेर ५७ रुपैयाँ ५५ पैसामा झरेको हो । गत आवमा कम्पनीको वितरणयोग्य नाफा रू. १० करोड ४९ लाख रहेको छ । यस वितरणयोग्य नाफाको आधारमा कम्पनीको लाभांश क्षमता ४१ प्रतिशत रहेको छ ।

कम्पनीको चुक्ता पूँजी रू. २५ करोड ५० लाख रहेको छ । गत आवमा कम्पनीले जगेडामा रू. २५ करोड ५१ लाख र रिटेन्ड अर्निङमा रू. ४७ करोड ३२ लाख सञ्चिती गरेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ३५ दशमलव ५२ गुणा,तरलता अनुपात ३९ दशमलव ३५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ३२९ दशमलव ७२ रहेको छ । Source :Abhiyan

रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय