काठमाडौं– गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले न्यूरोडमा रहेको शाखा धर्मपथमा स्थानान्तरण गरीएको छ । फाइनान्सको कार्यालय धर्मपथमा स्थानान्तरण गरेर बिहीबारबाट कारोबार सञ्चालन गरेको छ । सो शाखा कार्यालयको संस्थाका अध्यक्ष युवराज भण्डारीले उद्घाटन गरेका छन् ।
समारोहमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी, एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, सहायक महाप्रवन्धक अर्चना प्रधान, मुख्य प्रवन्धक शिल्पा प्रधानाङ्ग, वरिष्ठ प्रवन्धक शिवराज भण्डारी तथ शाखा प्रमुख अनिता न्यौपानेका साथै अन्य कर्मचारी र ग्राहकको उपस्थिति थियो ।



वित्तीय संस्थाले हाल मुलुकभर २३ वटा शाखा र ४ वटा विस्तारित काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ । ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै एटीएम. सेवा, मोवाइल बैकिङ सेवा जस्ता आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।








