सुनकाे भाउ ४ सय रुपैयाँले घट्याे

२०८१ असार २४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाण्डाै – सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेको छ । हिजो तोलामा १ लाख ४५ हजार ४ सय रुपैयाँ रहेर अहिलेसम्मकै उच्च रेकर्ड बनाएको सुनको भाउ आज ४ सय रुपैयाँले घटेर तोलाको १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सयमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ८ सय ९० रूपैयाँमा  कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय