काठमाडौं– हुण्डाई मोटर कम्पनीले नयाँ पूर्ण विद्युतीय कार ‘इन्स्टर’ सार्वजनिक गरेको छ । ए सेग्मेन्टको सबकम्प्याक्ट ईभी बुसान इन्टरनेशनल मोबिलिटी शोमा सार्वजनिक गरेको हो । परिष्कृत प्रविधि प्याकेजसहित सार्वजनिक गरिएको यो कार सुरक्षित, द्रुत चार्जिङ र ३५५ वर्गकिमिको उत्कृष्ट रेन्जयुक्त रहेको बताइएको छ ।
इन्स्टर ड्राइभिङ डाइनामिक्स र अविच्छिन्न कनेक्टिभिटीसँगै पर्यावरणमैत्री छ । सन् २०२१ मा ल्याइएको ‘कोरिया अन्ली’ पेट्रोल पावर्ड क्यास्पर डिजाइनको विरासतमा इन्स्टरको डिजाइन गरिएको छ । यसका बडी र ह्विलबेस बढाएर धेरै भित्री स्पेसलाई जोड दिइएको छ । यो कार ए सेग्मेन्टका सबकम्प्याक्ट सिटी कार र ठूला बी सेग्मेन्ट कम्प्याक्ट मोडलको बीचमा छ । यसको लगेज क्यापासिटी अझ परिष्कृत भएर आएको छ ।



यसको कम्प्याक्ट डाइमेन्सन सिटी ड्राइभिङका लागि आइडियल हुने कम्पनीको भनाइ छ । इन्स्टरमा डीसी चार्जिङबाट द्रुत चार्ज गर्ने सुविधा छ । यसमा ४२ किलोवाट घण्टाको ब्याट्री र लामो रेन्जको ४९ किलोवाट घण्टा ब्याट्री पनि विकल्पमा पाइन्छ । दुवै मोडल बेस भेरियन्टमा ७१.१ किलोवाट (९७ पीएस) सिंगल मोटर पावर्डमा उपलब्ध छन् । लामो रेन्ज कारमा ८४.५ किलोवाट (११५ पीएस) मोटर पावर्डको सुविधा छ । दुवै भर्जनले १४७ एनएम टर्क अफर गर्छन् ।








