सुनकाे भाउ आज एक हजार रुपैयाँले बढ्याे

२०८१ असार १४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाण्डाै – सुनको भाउ फेरि बढेको छ । तोलामा आज एक हजार रुपैयाँले बढेर सुनको भाउ ९८ हजार २ सय रुपैयाँमा पुगेको छ । हिजो सुनकाे भाउ तोलामा ९७ हजार २  सय रुपैयाँ थियो । केही दिन लगातार बढेको सुनको भाउ हिजो भने तोलामा एक  सय रुपैयाँले घटेको थियो । तर आज फेरि १ हजार रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा पुगेको हो। आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ३० रुपैयाँले बढेर १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय