काठमाडौं– एनसेलले मेरो नम्बर, मेरै च्वाइस योजना सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत ग्राहकले आफूलाई मनपर्ने अन्तिमको ६ वटा अंक रोजेर आफ्नो मोबाइल नम्बर आफैं बनाउन सक्नेछन् । ग्राहकले कुनै महत्वपूर्ण मिति वा नम्बरलाई सधैंको लागि आफ्नै मोबाइल नम्बरमा परिणत गरी सधैं अन रहन सक्ने कम्पनीको भनाइ छ ।
आफ्नो सम्बन्धहरूलाई अझै प्रगाढ बनाउँदै आफ्ना प्रियजनहरूलाई पनि त्यस्ता विशेष नम्बरहरू उपहार दिन सकिने एनसेलले बताएको छ । यो योजनाको मोबाइल नम्बर ९७०५ नम्बर रेन्जबाट सुरू हुन्छ । विशेष सधैं अन नम्बर प्राप्त गर्न चाहने ग्राहकले अन्तिम ६ अंक आफै रोजेर आफ्नो विशिष्ट मोबाइल नम्बर बनाउन सक्ने छन् ।



ग्राहकले सिधै एनसेल एप वा एनसेल वेबसाइटमा गएर ‘मेरो नम्बर, मेरै च्वाइस’ क्लिक गरी आफूले चाहेको मोबाइल नम्बरको पछिल्लो ६ अंक उपलब्ध भए नभएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ गर्न सक्ने पनि कम्पनीले जनाएको छ । हाल प्रयोग गर्दै आएको मोबाइल नम्बरको पछिल्लो ६ अंक मिल्ने गरी नयाँ मोबाइल नम्बर लिन सकिने सुविधा यो योजनाको प्रमुख विषेशता हो ।
‘मोबाइल नम्बर हाम्रो पहिचान बनि सकेको छ,’ एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले भने,‘आफूलाई जीवरभर यादगार रहने नम्बरका आधारमा आफ्नै मोबाइल नम्बर रोज्न सकिने यो विशेष योजना सञ्चालनमा ल्याउन पाउँदा हामी एकदमै खुसी छौं । ग्राहकले आफूलाई मात्र नभई आफ्नो नम्बरसँग मिल्ने गरी परिवारजन र साथीभाईलाई पनि यस्तो नम्बर रोजिदिन सक्छन् । यो एक सेवा मात्र नभई सम्बन्धहरूलाई थप प्रगाढ बनाउने माध्यम पनि हो ।’
यस योजनाअन्तर्गत ९७०५ रेन्जबाट मोबाइल नम्बर छनोटको लागि ९ लाख बढी मोबाइल नम्बरहरू उपलब्ध रहेका छन् । एनसेलले फस्र्ट कम, फस्र्ट सर्भ बेसिसमा उपलब्ध नम्बरहरू वितरण गर्नेछ । यो सिम एनसेलले हाल सञ्चालन गरिरहेको ‘सधैं अन’ प्लान अन्तर्गत ५९९ रूपैयाँदेखि १ हजार ४९९ रूपैयाँसम्मको प्लानमा बन्डल सेवाका रूपमा उपलब्ध गराउने छ ।








