सामसङ ‘ग्यालेक्सी एम३५ ५जी’ नेपालमा

२०८१ जेष्ठ २८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं– सामसङ नेपालले लामो समयदेखि प्रतिक्षा गरिएको ग्यालेक्सी ग्यालेक्सी एम३५ ५जी सार्वजनिक गरेको छ । ग्यालेक्सी ग्यालेक्सी एम३५ ५जी को प्रभावशाली ६००० एमएएच ब्याट्रीले एक्टेन्डेड युजेज समय सुनिश्चित गर्ने भएकोले यो पावर प्रयोगकर्ताहरू र फोन चलाउँदै हिँड्नेहरूका लागि उपयुक्त छ ।

यसले २५ वाट फास्ट चार्जिङ सपोर्ट गर्दछ र निःशुल्क चार्जरको साथ आउँछ । ६.६ इन्च एफएचडी+१२० एचजेड को ससपर एमोलेड डिस्प्लेसहित ग्यालेक्सी एम३५ ले जीवन्त दृश्यहरू प्रदान गर्दछ । भिजन बुस्टरको साथ १००० निट्सको पिक ब्राइटनेससँग प्रयोगकर्ताले सूर्यको उज्यालो प्रकाशमा पनि स्पष्ट र जीवन्त फोटो खिच्न सक्नेछन् ।

यो स्मार्टफोन भर्सटायल क्यामेरा सेटअपको साथ आउँछ । यसमा अप्टिकल इमेज स्टेविलाइजेसन (ओआइएस), ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपी म्याक्रो क्यामेराको साथ ५० एमपी मुख्य क्यामेरा छ । भिडियो खिच्न रुचाउनेहरूले ३० एफपिएसमा ४के रेकर्डिङ र ७२० पीमा २४० एफपिएसमा स्लो मोसन क्षमताको मजा लिन सक्नेछन् ।

यो फोन गाढा निलो, खैरो र हल्का निलो तीन रंगहरूमा उपलब्ध छ । देशव्यापी रूपमा सबै सामसङको अधिकृत आउटलेटहरूमा उपलब्ध ८+२५६जिबी भेरियन्टको मूल्य ४४ हजार ९९९ रूपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय