सुनको मूल्यमा नयाँ कीर्तिमान

२०८१ जेष्ठ २५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको छ ।शुक्रवार सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ४५ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य  हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य एक लाख ४४ हजार ३०० पुगेको छ ।यस अघि बिहीबार  सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको मूल्य  पनि बढेको छ । चाँदी तोलामा ५० रुपैयाँले बढेर प्रतितोला १९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय