नेपाल रेडक्रसले गैर–संक्रामक रोग न्युनिकरणमा काम गर्ने

२०८१ बैशाख १०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नेपाल रेडक्रस सोसाइटीले पश्चिमी नेपालका नगरपालिकाहरूमा गैर–संक्रामक रोगको जोखिम कम गर्ने अभियान शुरु गरेको छ  ।

सोमवार रेडक्रस सोसाइटीले काठमाडौंमा एक कार्यक्रम गरी उक्त अभियानको शुरुवात गरेको हो । रेडक्रसले लामो समयदेखि विपद् पूर्वतयारी तथा प्रतिकार्यमा काम गर्दै आर्ईरहेको अवस्थामा गैरसंक्रामक रोग बिरुद्ध पनि काम गर्नु महत्वपूर्ण कदम रहेको छ । नेपाल रेडक्रस सोसाइटी, डेनिस रेडक्रसको संयोजन तथा आरहंस विश्वविद्यालय र क्यानेडियन रेडक्रसको साझेदारीमा सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लाका दुई पालिकाहरु भजनी नगरपालिका र लालझाण्डी गाउँपालिकामा परियोजना संचालन हुने नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले बताउनु भयो । उहाँले विभिन्न अध्ययन तथा तथ्याङ्कका आधारमा विश्वव्यापी रूपमा हृदय रोग, मधुमेह, मानसिक स्वास्थ्य समस्याहरू र दीर्घकालीन श्वासप्रश्वास रोगहरू सहित विभिन्न गैरसंक्रामक रोगहरूले लगभग ४ करोड मानिसहरुको मृत्यु हुने गरेको देखिएको बताउनु भयो । उहाँले कम आय र मध्यम आय भएका देशहरूमा हुने गैरसंक्रामक रोगहरुको कारण वित्तीय भार सन् २०११ देखि २०३० को बीचमा आश्चर्यजनक रुपमा २१.३ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको बताउनु भयो । उहाँले प्राकृतिक प्रकोप र आपतकालिन समयहरूमा गैरसंक्रामक रोगहरुले जटिलता थप्दै लगेको बताउनु भयो । उहाँले नेपालले बाढी, पहिरो, भूकम्प, खडेरी र महामारी लगायतका प्राकृतिक प्रकोपहरूको सामना गरिरहेको बताउनु भयो । उहाँले नेपाल रेडक्रसले सन २०१८ देखि बाढी पूर्वतयारी तथा पूर्वकार्यका लागि अनुसन्धान, तथ्याङ्क तथा सुचनालाई केन्द्रबिन्दुमा राखी नविनतम प्रयोग गर्दै आईरहेको बताउनु भयो । उहाँले परियोजनाले विद्यमान पूर्वानुमानमा आधारित पूर्वकार्यको सिकाईको आधारमा अन्य संकटासन्न समूह जस्तै गैरसंक्रामक रोग लागेका मानिसहरुलाई पनि पूूर्वसूचना र पालिकाको विद्यमान पूर्वकार्य कार्य ढाँचा भित्र ल्याई विपद्बाट हुन सक्ने जोखिम न्युनिकरण गरी स्वास्थ्य सेवामा सुदृढ पहुँच सुनिश्चित गर्दै गैरसंक्रामक रोग लागेका मानिसहरुको उत्थानशिलतामा अभिवृद्धि गर्नका लागि पहल गर्ने बताउनु भयो ।

रेडक्रसले गैरसंक्रामक रोग लागेका मानिसहरुको मात्र नभई समुदायको उत्थानशिलतामा सहयोग पु¥याउनका लागि यस परियोजनालाई पहिलो पाईलाको रुपमा लिएको जनाएको छ । यो अभियानले परियोजनाको उपलब्धिले नेपाल रेडक्रसलाई पारम्परिक काम गराईबाट वैज्ञानिक रुपमा काम गर्नका लागि रुपान्तरण गर्न मदद्त गर्ने आशा राखेको छ  यस परियोजनामार्फत नेपाल रेडक्रस सोसाईटीको विद्यमान औजार र अवधारणा परिमार्जित गर्दै संस्थागत पूर्वतयारी लागि समेत सहयोग गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय