सुनको भाउमा रेकर्ड, चाँदीको भाउ भने यथावत्

२०८० चैत्र २७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाण्डौ – सुनको भाउ आज तोलामा सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ३६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज एक सय रुपैयाँले बढेर तोलाको एक लाख ३६ हजार तीन सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने यथावत् रहेको छ । आज चाँदी हिजोकै भाउ तोलाको एक हजार छ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय