बी स्टार एकेडेमी एण्ड युनिसेक्सको अफर

२०८० फाल्गुन ३०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । बी स्टार एकेडेमी एन्ड युनिसेक्स सलुनले आफ्नो चौथो वार्षिकोत्सवको अवसर पारी चार रुपैयाँमा केस काटिने अफर सार्वजनिक गरेको छ ।

राजधानीको आदर्शनगर, कपनस्थित सो सलुनले बिहीबार अर्थात् चैत्र १ गते मात्र चार रुपैयाँमा केस काटिने जनाएको छ । साथै, सौन्दर्यसम्बन्धी सम्पूर्ण सेवा ५० प्रतिशत डिस्काउन्ट प्राप्त गर्न सकिने अफर ल्याएको सैलुनका सञ्चालक विक्रम गौतमले बताए ।

सञ्चालक गौतमले भने, ‘हामीले विगतमा झैँ यसपालि पनि पहिलो वर्ष एक रुपैयाँमा, दोस्रो वर्ष दुई रुपैयाँमा, तेस्रो वर्ष तीन रुपैयाँमा गर्दै यसपालि चौथो वार्षिकोत्सवको दिन हामीले चार रुपैयाँमा केस कटिङ गर्ने तयारी गरेका छौँ ।’ सञ्चालक गौतमले उक्त दिन उपस्थित हुनका लागि सम्पूर्णमा आह्वान समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय