सूर्य नेपालको टोफीको नयाँ क्याण्डी बजारमा

२०८० फाल्गुन २२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं– सूर्य नेपाल प्रालिले आफ्नो कन्फेक्सनरी ब्राण्ड टोफीको अन्तर्गत नयाँ क्याण्डी इक्लेयर्स नेपाली बजारमा सार्वजनिक गरेको छ । यो उत्पादन बाहिरी तहमा मिलक चकलेट हुनुका साथै भित्री तहमा चकलेट भरी बनाइएको कम्पनीले जनाएको छ ।

सुनौलो रंगको आकर्षक ट्वीस्ट र्‍यापमा प्याक गरिएको टफीको इक्लेयर्स बजारमा उपलब्ध अरु चकलेट स्वादका कन्फेक्सनरी उत्पादन भन्दा स्वादिलो, आकर्षक र प्रिमियम रहेको बताइएको छ । कुनै विशेष अवसर अथवा कुनै पनि समय यो क्यान्डीको स्वाद लिई इक्लेयर्सको बेग्लै आनन्द लिन सकिने कम्पनीद्वारा जारी प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चकलेटका साथै ‘चकलेट मिल्क’ तथा ‘बटर मिल्क’ को स्वाद भएको इक्लेयर्सले चकलेटको स्वादमा सर्वोत्कृष्ट अनुभव पस्कने विश्वास लिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय