‘अनर एक्स८बी’ नेपाली बजारमा

२०८० फाल्गुन १७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं- ‘अनर एक्स८बी’ नेपालमा सार्वजनिक भएको छ । फेब्रुअरी २८ मा प्रि–बुकिङ सकिएसँगै अब यो फोन नेपालभर खरिदका लागि उपलब्ध रहेको नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले जानकारी दिएको छ । ५१२ जिबी मेमोरी भएको अनर एक्स८बीलाई ‘कम्प्युटर लेभल स्टोरेज’ भन्ने ट्यागलाइन दिइएको छ ।

यसमा (१६+५१२) जिबी भेरियन्ट रहेको छ । १६ जिबीमा ८ जिबी आन्तरिक र ८ जिबी अनर र्‍याम टर्बो समावेश रहेको कम्पनीले बताएको छ । यसको ५१२ जिबी कम्प्युटर–स्तर स्टोरेजले ग्राहकलाई स्टोरेजको समस्या हुने छैन । यो फोनमा १०८ एमपी मेन क्यामेरा, वाइड र डेप्थ क्यामेरा र २ एमपी म्याक्रो क्यामेरा समावेश छ ।

१०८ एमपी मुख्य क्यामेरामा आइएसओ सेल एचएम६ मोबाइल छवी सेन्सर रहेको छ जसले ०.६४ युएम८०.६४युएमको पिक्सेल साइजको साथ मिलियन पिक्सेललाई समर्थन गर्छ । जसले प्रयोगकर्ताहरूलाई उत्कृष्ट फोटो खिच्न मद्दत गर्छ । अनर एक्स८बीमा ४५०० एमएएच ब्यट्री रहेको छ जसले फोनलाई लामो समयसम्म पावर प्रदान गर्न सक्छ ।

एक पटकको चार्जमा नै यसले ४६ घण्टासम्म म्युजिक स्ट्रिमिङ, १३ घण्टा भिडियो प्लेब्याक, १४ घण्टा छोटो भिडियो क्लिप ब्राउजिङ र १७ घण्टा सामाजिक सञ्जाल ब्राउजिङ प्रदान गर्छ । सेलट्रोन नेपालले १६ं५१२ जिबी भेरियन्ट रहेको अनर एक्स८बीको मूल्य २९ हजार ९९९ रूपैयाँ तोकेको छ ।

निरन्तर फोन प्रयोग गर्ने प्रयोगकर्ताहरूका लागि यो फोन उपयोगी हुने कम्पनीले बताएको छ । यो फोन अफलाइन र अनलाइन प्लेटफर्महरूमार्फत् खरिद गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय