ज्योति क्यापिटल र नगरकोट रिसोर्टबीच सम्झौता

२०८० फाल्गुन १, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं- ज्योति क्यापिटल लिमिटेड र नगरकोट रिसोर्टबीच दुई पक्षीय समझौत्ता भएको छ । ज्योति क्यापिटलको संस्थागत परामर्श सेवा “व्यवसायको आरम्भदेखि सम्पन्नतासम्म” अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापना कालदेखि सर्वसाधारण लाई शेयर जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

सोही सेवा अन्तर्गत संस्थागत परामर्श सेवासहित पुँजी संरचना परिवर्तन, प्राइभेट इक्विटीको व्यवस्था लगायतका कार्य गर्न आवश्यक परामर्श दिई भविष्यमा कम्पनीको प्रबन्ध पत्रमा व्यवस्था भए बमोजिमका कार्य गर्ने सक्ने बनाउन ज्योति क्यापिटल लिमिटेड र नगरकोट रिसोर्ट लिमिटेडबीच संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको हो ।

नगरकोट रिसोर्ट लिमिटेडको कार्यालय काभ्रेपलान्चोक जिल्ला, मण्डनदेउपूर नगरपालिका, नगरकोटमा, आयोजित एक समारोहबीच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिकास ढकाल र नगरकोट रिसोर्ट लिमिटेडको तर्फबाट कम्पनीको सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र राउत क्षेत्रीले संस्थागत परामर्श सेवा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त समारोहमा नगरकोट रिसोर्टका सञ्चालक निरजबहादुर राउत क्षेत्री तथा वित्तीय परामर्शदाता सिए गोविन्द शर्मा गैरे समेतको उपस्थिति रहेको थियो । ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ ।

हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको यस ज्योति क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा समेत प्रदान गरिरहेको छ ।

ज्योति क्यापिटल लिमिटेडले व्यवसायको आरम्भदेखि सम्पन्नतासम्म सेवा अन्तर्गत प्रा.लि लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्कासन गर्न सक्ने सम्म बनाउने कार्य गर्न आवश्यक परामर्श सेवा सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय