सोल्टी होटलको नाफामा वृद्धि, रू.१ अर्ब ४८ करोड भन्दा बढी जगेडा कोषमा सञ्चिती

२०८० माघ २८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । सोल्टी होटल लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४ दशमलव ६४ प्रतिशत वृद्धि भएको छ ।

गत आवमा होटलले रू. २५ करोड १४ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू.२६ करोड ३१ लाख पुगेको हो । चालू आवमा होटलको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । गत आवमा होटलको आम्दानी रू. ९६ करोड १ लाख भएकोमा चालू आवमा बढेर रू.१ अर्ब ५ करोड भन्दा बढी पुगेको छ ।

चुक्ता पूँजी रू. ८८ करोड ४७ लाख  रहेको होटलले दोस्रो त्रैमाससम्ममा जगेडामा रू. १ अर्ब ४८ करोड भन्दा बढी सञ्चिती गरेको छ । सो अवधिमा होटलको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९७ पैसा र प्रतिशेयर नेटवर्थ २६ रुपैयाँ ७८ पैसा रहेको हो ।

रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय