एनसेलको ‘आकर्षक इण्डिया रोमिङ् प्याक’, १०० रुपैयाँमा पाइनेछ तीन दिन सेवा

२०८० माघ २३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । एनसेलले छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा जाने आफ्ना ग्राहकका लागि आकर्षक रोमिङ् प्याक सञ्चालनमा ल्याएको छ । यो प्याक सुचारु गरि ग्राहकले सुलभ शुल्कमा भारतमा रहँदा सहजै सम्पर्कमा रहन सक्छन् ।

ग्राहकले करसहित रु १०० मा यो रोमिङ् प्याक सुचारु गर्न सक्छन् । रु १०० मा उक्त प्याक लिए तीन दिनसम्म सेवा लिन सकिने एनसेलले जनाएको छ । यो सेवा लिने ग्राहकले तत्काल ५०० एमबी डाटा पाउँछन् । साथै, भ्वाइस र एसएमएस सेवा शुल्कमा छूट पाउने कम्पनीले जनाएको छ ।

यो सेवा गत शुक्रवार (माघ १९)बाट सञ्चालनमा आएको हो । यो सेवाले भारतका सीमावर्ती सहरहरू, जस्तै : वीरगन्ज, भैरहवा, नेपालगन्ज, विराटनगर, जनकपुरबाट भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुर जस्ता ग्राहकलाई सहज हुने कम्पनीको विश्वास छ । त्यसैगरी भारतको आकस्मिक भ्रमणमा जाने ग्राहक पनि यो सेवाबाट लाभ पाउने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले एष्ट्रिक्स १७१२९ एष्ट्रिक्स ५ ह्यास डायल गरि यो प्याक लिन सक्छन् । त्यसैगरी यो प्याक अन्य माध्यम, जस्तै : एनसेल एप, एनसेलको वेबसाइट र अन्य डिजिटल प्लेटफर्मबाट पनि सुचारु गर्न सकिने एनसेलले जनाएको छ ।

यो सेवा लिए इनकमिङ् कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट पाइनेछन् । अर्थात् ग्राहकले करसहित मात्र रु १६.४८ प्रतिमिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन् । साथै पेएजयूगोको प्रतिएसएमएस शुल्कमा २९ प्रतिशत छूटका साथ मात्र करसहित रु ६.३४ मा एसएमएस पठाउन सक्छन् ।

एक पटक सुचारु गरेपछि प्याक ३ दिनका लागि मान्य रहन्छ र ग्राहकले आफ्नो आवश्यकता वा भारत बसाईको आधारमा जति पटक पनि यो प्याक लिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय