काठमाडौं । सौर्य सिमेन्ट एवं स्काई होल्डिङ बिजनेस ग्रुप पब्लिक लिमिटेडको संयुक्त आयोजनामा कन्ट्र्याक्टर मिट सम्पन्न भएको छ । कार्यक्रमको सभापतित्वमा युवक राजभण्डारी (स्काई होल्डिङ ग्रुपका सल्लाहकार), बागमती प्रदेशका भौतिक पूर्वाधार विकास पूर्वमन्त्री कृष्णलाल भडेल, निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष कृष्णप्रसाद अवाल तथा सौर्य सिमेन्टका ब्राण्ड प्रबन्धक अनुज महत, क्षेत्रीय बिक्री प्रबन्धक रोशनबहादुर कडायत र प्राविधिक प्रमुख दिवस देवकोटा एवं भक्तपुरका विभिन्न निर्माण क्षेत्रमा कार्यरत कन्ट्र्याक्टरको सहभागिता थियो ।
सौर्य सिमेन्ट प्रयोग, प्रविधि, गुणस्तर, उत्पादनका क्रममा गरिने परीक्षण प्रविधि, वातावरणमैत्री प्राविधिक जानकारी एवं सौर्य सिमेन्टद्वारा आयोजित विभिन्न सामाजिक व्यावसायिक उत्तरदायित्वका कार्यको पनि जानकारी दिइएको थियो ।



कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक कडायतले भक्तपुरका बासिन्दालाई सुपथ मूल्यका साथै सहजरूपमा सिमेन्ट उपलब्धता सुनिश्चित गर्न स्काई ग्रुपसँग साझेदारी गरिएको बताउनुभएको थियो ।








