काठमाडौं : कोका–कोलाले नेपालमा सञ्चालन भएको ५०औं वर्ष मनाएको छ । कम्पनीले एक विशेष कार्यक्रम गरी आफ्नो सञ्चालनको ५० औं वार्षिकोत्सव मनाएको हो । सन् १९७३ मा नेपालमा प्रवेश गरेदेखि नै कोका–कोलाको काठमाडौं र चितवनमा दुई ओटा उत्पादन कारखाना रहेका छन् ।
देशभर एक लाखभन्दा बढी रिटेलर आउटलेटहरु भएको कोका–कोलाले एक हजारभन्दा बढी कामदारहरुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेको छ भने पाँच हजारभन्दा बढी मानिसहरु प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।



वार्षिकोत्सव कार्यक्रममा बोल्दै बोटलर्स नेपाल लिमिटेडका अध्यक्ष एनएन सिंहले भने, ‘लजिस्टिक र संस्थागत संरचना पूर्ण रुपमा विकास नभएकाले ५० वर्षअघि नेपालमा पहिलो अमेरिकी कम्पनी भित्र्याउनु नै एक चुनौती थियो, हालसम्म आइपुग्दा कोका–कोलाले विभिन्न साझेदारसँग बलियो सञ्जाल बनाउन सफल भएको छ ।’
आफ्नो ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा कोका–कोलाले ‘कोका–कोला फिफ्टी इयर्स क्विज टाइम’ नामक डिजिटल क्विज प्रतियोगिता पनि सञ्चालन गर्दैछ जहाँ ग्राहकहरुले विभिन्न प्रश्नको जवाफ दिएर लक्की ड्र मार्फत आकर्षक उपहारहरु जित्ने मौका पाउन सक्नेछन् । आफ्नो स्मार्टफोनमा खल्ती एप खोलेर यस क्विजमा सहभागी हुन सकिनेछ ।








