नेपालगञ्ज– नेपाल रेडक्रस सोसाइटी बाँकेले नेपालगन्जमा रक्त सञ्चार घुम्ती बस सेवा सञ्चालन गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रदान गरेको रक्त संकलन बस सेवा रेडक्रस बाँकेले सुरु गरेको हो ।
उक्त बस सेवाले लुम्बिनी प्रदेशका लागि आवश्यक पर्ने रगत संकलन गरिने जनाइएको छ । अत्याधुनिक सेवा सुविधासहितको वातानुकुलित बस सेवामा प्राविधिक टिम, रगत संकलन कक्ष, भण्डारण फ्रीज, आराम कक्षको व्यवस्था छ ।



ग्रामीण इलाकामा पुगेर रगत संकलनका लागि सहज बनाउन लुम्बिनीसहित पाँच प्रदेशमा रक्त संकलन घुम्ती बस हस्तान्तरण गरिएको एनआरएनएका उपाध्यक्ष रामशरण सिंखडाले बताए । अब कर्णाली र गण्डकीमा बस हस्तान्तरण गरिने एनआरएनएले जनाएको छ ।
एनआरएनएका अध्यक्ष डा. बद्री केसीले रक्त संकलन बसको चाँबी कार्यबहाक नगर प्रमुख कमरुद्दिन राई र रेडक्रस बाँके शाखाका सभापति गोवद्र्धन सिंह सम्झनालाई हस्तान्तरण गरेका थिए ।








