काठमाडौं– नेपालको लागि टिभिएस् मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा ल्याएको स्कुटर टिभिएस् एनटर्कले एक लाख माइलस्टोन पूरा गर्न सफल भएको छ । २०१८ मा नेपालमा लन्च भए लगत्तै नेपाली ग्राहकमाझ लोकप्रिय स्पोर्टी स्मार्ट स्कुटर टिभिएस् एनटर्क एक लाख बिक्री भइसकेको कम्पनीको दावी छ ।
बलियो र स्टाइलिश लुक तथा स्मार्ट फिचरले गर्दा टिभिएस् एनटर्कले चाँडै ग्राहकको विश्वास जित्न सफल भएको बताइएको छ । जगदम्बा मोटर्सका म्यानेजिङ डाइेरक्टर साहिल अग्रवालले भने, ‘नेपाली ग्राहकको यति धेरै माया र विश्वास पाएका छौं । लन्च गरेको यति छोटो अवधिमै एक लाख एनटर्क गुडिसकेका छन् ।’



टिभिएस एनटर्क बेस्ट–इन–क्लास पावर, पिक–अप र पर्फर्मेन्सको लागि लोकप्रिय छ । यसको टिभिएस एनटर्क ड्रम आकर्षक मूल्यको कारण बढी रुचाइएको छ भने हालसालै लन्च भएको टिभिएस एनटर्क एक्सपीले माइलेज र पावरको उत्कृष्ट कम्विनेसन प्रदान गर्दछ । टिभिएस एक्सपिमा आरटीएफ्आई प्रविधि, भोइस कमान्ड, राइड मोडलगायत ६० वटा भन्दा धेरै स्मार्ट कनेक्ट फिचर उपलब्ध रहेको कम्पनीको भनाइ छ ।
स्मार्ट टेक्नोलोजी, दमदार पर्फर्मेन्स र स्पोर्टी डिजाइनले गर्दा टिभिएस एनटर्क ग्राहकको पहिलो रोजाइमा पर्न सफल भएको हो । एनटर्कले नेपालमा १२५ सीसीको स्कुटर बजारमा नयाँ क्याटेगोरी मात्र नथपेर नेपाली ग्राहकका लागि प्रशस्त छनोटका अवसरहरु प्रदान गर्दै विकासको नयाँ युगको सुरुवात गरेको छ । एक लाख स्कुटर बिक्री भएको उपलक्ष्यमा टिभिएस् एनटर्क अहिले ३,९९९ को मासिक किस्तामा उपलब्ध छ ।








