काठमाडौं : टिभिएस एन्टर्कले एक लाख नेपाली ग्राहकहरुको मन जित्न सफल भएको छ । नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा ल्याएको स्कुटर टिभिएस् एनटर्कले एक लाख माइलस्टोन पुरा गर्न सफल भएको हो । २०१८ मा नेपालमा लन्च भए लगत्तै नेपाली ग्राहकहरुमा टिभिएस एनटर्क एक लाख बिक्री भईसकेको छ ।



जगदम्बा मोटर्सका म्यानेजिङ डाइेरक्टर साहिल अग्रवालले भने, ‘हामीले नेपाली ग्राहकहरुको यति धेरै माया र विश्वास पाएका छौँ, लन्च गरेको यति छोटो अवधिमै एक लाख एनटर्कहरु रोडमा गुडिसकेका छन्, यो माया र विश्वासको लागि हामी नेपाली ग्राहकहरु प्रति कृतज्ञ छौँ ।’ टिभिएस एनटर्क बेस्ट–इन–क्लास पावर, पिक–अप र पर्फर्मेन्सको लागि लोकप्रिय छ । यसको टिभिएस एनटर्क ड्रम आकर्षक मूल्यको कारण बढी रुचाइएको छ भने हालसालै लन्च भएको टिभिएस एनटर्क एक्सपीले माइलेज र पावरको उत्कृष्ट कम्विनेसन प्रदान गर्दछ ।
टिभिएस एक्सपिमा आरटि–एफ्आइ प्रविधी, भोइस कमान्ड, राइड मोड लगायत ६० वटा भन्दा धेरै स्मार्ट कनेक्ट फिचरहरु उपलब्ध छन् । एक लाख स्कुटर बिक्री भएको उपलक्ष्यमा टिभिएस एनटर्क अहिले तीन हजार नौ सय ९९ को मासिक किस्तामा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।








