सुनचाँदीकाे भाउ आज घटबढ भएन

२०८० पुष २०, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाण्डाै – सुनचाँदीको भाउ आज यथावत् रहेको छ ।

हिजो तोलामा १३ सय रुपैयाँले घटेर सुन एक लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज यही भाउ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि घटबढ भएको छैन । चाँदीको भाउ तोलाको एक हजार चार सय २० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय