कोका–कोलाको ‘कोक बडी’ एप सार्वजनिक

२०८० मंसिर २०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कोका–कोला बेभरेजेज नेपालले आफ्नो वितरणलाई अझै प्रभावकारी बनाउने र नेपालभर आफ्नो उपस्थितिलाई सुदृढ गर्ने उद्देश्यका साथ ‘कोक बडी’ एप लन्च गरेको छ । रिटेलरहरूले कुनै पनि समयमा कुनै पनि स्थानबाट डिस्ट्रिब्युटरहरुमार्फत् कोका–कोलाका पेय पदार्थहरु चाँडो भन्दा चाँडो र सहज रुपमा अर्डर गर्न सकुन् भन्ने उद्देश्यले यो एप लन्च गरिएको हो ।

नेपालभरका दुई सय ५६ वितरकहरु र एक लदाख ५६ हजार आउटलेटहरुलाई जोड्दै यो नयाँ मोबाइल एप्लिकेसनले कोका–कोलाका उत्पादनहरु वितरण गरिने शैलीलाई डिजिटल रुपमा रुपान्तरण गर्ने कम्पनीले विश्वास लिएको छ ।

बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डिरेक्टर दीपक नाथ सेन्थिलले भने, ‘हाम्रो नयाँ कोक बडी एपले वितरक र रिटेलर आउटलेटहरुलाई सहज रुपमा कनेक्ट गर्न र अर्डर लिन र दिन सजिलो बनाएको छ । अझै पनि परम्परागत रुपमै बिक्री गर्ने, कुराकानी गर्ने र अर्डर गर्ने शैलीमा निर्भर यस उद्योगको लागि वर्षको ३६५ दिन नै चौबिसै घण्टा चाँडो भन्दा चाँडो अर्डरहरु लिन र दिन मिल्ने क्षमता भएको यो एप एउटा ठुलो परिवर्तन हो । यस एपको सुरुवातले हाम्रो भ्यालु चेनमा रहेका हरेक डिस्ट्रिब्युटर र रिटेलरहरुले आफ्ना ग्राहकहरुलाई अझ राम्रो सेवा दिँदै आफ्नो उद्यमलाई अझ अगाडि बढाउन सक्षम हुनेछन् भन्ने हामीले आशा लिएका छौँ ।’

यस कोक बडी एपको मुख्य विशेषताहरु भनेको यसमार्फत जहाँबाट पनि जुन सुकै समयमा पनि मात्र एक मिनेटमा अर्डर गर्न सकिन्छ । त्यस्तै यस एपमा रियल–टाईम अर्डर म्यानेजमेन्ट, इन्भेन्टरी ट्रयाकिङ गर्नुको साथै प्रमोशन र मार्केटिङको लागि पनि सपोर्ट उपलब्ध हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय