डिश हाेमकाे दशैँ–तिहार लक्षित याेजनामा १ लाख रुपैयाँ जित्ने राईलाई पुरस्कार रकम हस्तान्तरण

२०८० आश्विन २५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत ओखलढुङ्गाकाे मानेभञ्ज्याङका रजिन राईले जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । राईको घरमा नै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधिले एक लाख रुपैयाँ नगद हस्तान्तरण गरेको हो । बाजागाजासहित एक कार्यक्रमको आयोजना गरी सम्मानसहित राईलाई पुरस्कार रकम प्रदान गरिएको थियो । २०८० असोज २२ गते सोमवार भएको लक्की ड्र मार्फत उहाँले एक लाख रुपैयाँ जित्नुभएको हो ।

डीटीएच सेवा प्रदायक डिश होमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत डिश होमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटीझैँ जीवनशैली अनुभव गर्न सक्नेछन् । त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा १० लाख रुपैयाँ, मिडियामा प्रसिद्धी र सेलिब्रेटीझैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि डिश होमको नयाँ कनेक्शन वा डिश होम रिचार्ज गर्नुपर्ने हुन्छ ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमवार डिश होमको शो–केश, सरोकार टिभी, रमाइलो टिभी, डिश होमको आधिकारिक फेसबुक पेज र ईमेज टिभीमा बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण हुनेछ । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान यही असाेज १ गतेदेखि सीमित अवधिका लागि नेपालभर लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय