नेपालको अग्रणी भुक्तानी प्रणाली संचालक फोनपे ले ‘फोनपे सुपरयात्रा’ नामक नयाँ अभियान सञ्चालन गरेको छ । उक्त अभियानको उद्देश्य, मोबाइल बैंकिङ एपमार्फत एयरलाइन टिकेट खरिद गर्दा ग्राहकबीच डिजिटल भुक्तानीको सहजतालाई झल्काउनु रहेको छ ।
‘सुपरयात्रा’ अभियान असोज १७ देखि कार्तिक ११ सम्म लागू हुनेछ । यस अभियानअन्तर्गत एक जना ग्राहकले उपहार स्वरुप म्याकबुक एयर प्राप्त गर्ने छन् । अतिरिक्त लाभको रूपमा, नयाँ ग्राहकले प्रोमो कोड प्रयोग गरी आफ्नो पहिलो एयरलाइन टिकट खरिद गर्दा २ सय रुपैयाँ क्यास ब्याक को मजा लिन सक्ने पनि कम्पनीले जनाएको छ ।



यस अभियानमा सहभागि हुन ग्राहकले तोकिएको अभियान अवधिमा मोबाइल बैंकिङ एपमार्फत कम्तीमा एउटा एयरलाइन टिकट खरिद गर्नुपर्नेछ । यस अभियानले मोबाइल बैंकिङ एपमार्फत एयरलाइन टिकट खरिद गर्ने सहजतालाई मनाउनुको साथै चाडपर्वको घडिमा अधिकांश ग्राहकहरुको यात्रामा थप उर्जा थप्ने लक्ष्य पनि राखेको छ ।अभियानको बारेमा फोनपेका चिफ स्ट्राटेजि अफिसर सुवोद शर्माले अभियानको प्रमुख उद्देश्य, यात्रुहरूले एयरलाइन टिकट खरिद गर्दा मोबाइल बैंकिङ एप रोज्नको लागि थप आकर्षणको सिर्जना गराउनु रहेको बताए ।








