एनआईसी एशिया क्यापिटल र क्लासिक भ्यु रिसोर्टबीच सम्झौता

२०८१ बैशाख १०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं– एनआईसी एशिया क्यापिटल र क्लासिक भ्यु रिसोर्टबीच आईपीओ जारी गर्नेबारे सम्झौता भएको छ । क्यापिटलले आइडिया टु आइपीओ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीलाई आवश्यक परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीको जारी पुँजीको १४ प्रतिशत अर्थात एक सय रुपैयाँ अंकित दरका १० लाख ५० हजार कित्ता प्राथमिक सेयर निष्काशन गर्न क्यापिटलसँग सम्झौता भएको हो । क्लासिक भ्यू रिसोर्ट काठमाडौंको बुढानिलकण्ठमा १९ रोपनीको क्षेत्रफलमा निर्माणाधिन अवस्थामा छ । हालसम्म उक्त रिसोर्टको ६५ प्रतिशत कार्य सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय