पर्यटन प्रवर्द्धन गर्दै सिद्धार्थ बैंक

२०८० चैत्र ३०, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं– सिद्धार्थ बैंकले नेपालको पर्यटनमा सहयोग पुर्‍याउन २०८१ सालको नयाँ वर्षको क्यालेन्डर जारी गरेको छ । क्यालेन्डरको मुख्य विषयवस्तु ‘नेपालको कम परिचित पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन’ को साथै सो गन्तव्यहरुमा जिम्मेवारपूर्वक अन्वेषण गर्नु रहेको छ ।

बैंकले यस क्यालेन्डरको माध्यमबाट नेपालको सातै प्रदेशमा अवस्थित कम परिचित तर आकर्षक पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने प्रयास गरेको जनाएको छ । क्यालेन्डरमा सोलुखुम्बुमा अवस्थित दूधकुण्ड, पर्साको घडिअर्वा पोखरी, दोलखाको सैलुङ र च्छो रोल्पा ताल, सिन्धुपाल्चोकको पाँच पोखरी समावेश गरेको छ ।

यस्तै लम्जुङको भुजुङ गाउँ, मनाङको नार फु उपत्यका, पूर्वी रुकुमको टकसेरा गाउँ र सल्यानको कुपिन्डे ताल पनि क्यालेन्डरमा समावेश भएका छन् । बैंकको यस प्रयासले आन्तरिक तथा विदेशी पर्यटकलाई नेपालका आकर्षक तर कम पहिचानमा रहेका पर्यटकीय गन्तव्य भ्रमण गरी पृथक अनुभव प्राप्त गर्न उत्प्रेरित गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय